सुनको मूल्य तोलामा ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम

-



     सफल आवाज    
     श्रावण २० गते २०७७ मा प्रकाशित


काठमाडौं, २० साउन । सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ९९ हजार ८०० पुगेको हो ।

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।