
काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अख्तियारका प्रमुख आयुक्त सहित १८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । ‘संक्रमित हुनेहरुमा सुरक्षाकर्मीको संख्या धेरै छ ।’
अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।