कोरोनाका कारण थप एकको मृत्यु

-



     सफल आवाज    
     श्रावण २० गते २०७७ मा प्रकाशित



विराटनगर, १९ साउन । कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि १९ गते अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै निधन भएको हो ।

मधुमेह तथा उच्च रक्तचापका विरामी उनको उपचारका क्रममा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।