शेयर बजार राताम्मे, नेप्से परिसूचक २१ अंकले घट्याे

-



     सफल आवाज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित



काठमाडैं, २१ साउन । नेपाली धिताेपत्र मापक नेप्से परिसूचक २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा अडिएको छ । १८६ कम्पनीको १ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

३४ लाख ४७ हजार ७६५ कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिन अजोड इन्सुरेन्स, आरम्भ चौतारी लघुवित्त र नेपाल फाइनान्सको भाउ सर्किट लाग्ने गरी बढेको छ ।

आँखुखोला जलविद्युत कम्पनीको भाउ सबैभन्दा धेरै ९.८४% ले घटेको छ । यता, खरिदबिक्री रकममा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा छ । यसको १३ करोड ६१ लख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा एनएमबि बैंक परेका छन् ।