सुनको मूल्य तोलामा एक लाख दुई हजार पाँच सय पुग्यो

-



     सफल आवाज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ साउन । सुनको मूल्य बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।