
कोरोनाको जोखिम र संक्रमण बढेको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था कर्मचारीलाई घरबाटै काम गराउन र सिफ्टमा काम गराउन निर्देशन दिएको छ । बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा संक्रमणलाई न्यूनीकरण गर्न सुरक्षाका सबै उपाय अनिवार्य रुपमा अपनाउन राष्ट्र बैंकको निर्देशन छ ।
केन्द्रीय बैंकले आइतबार परिपत्र जारी गर्दै जोरबिजोर प्रणाली तथा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सेवा प्रवाह गर्न सो निर्देशन दिएको हो । यस्तै, सेवा बिजनेस कन्टिन्युटी प्लान बनाउन समेत निर्देशन दिइएको छ ।
बैंक तथा वित्तीय संस्थालाई विशेष परिस्थितिलाई ध्यान दिएर ‘वर्क फ्रम होम’ को व्यवस्था मिलाउन भनेको छ ।
कार्यालयमा अत्यावश्यक कर्मचारीलाई आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
प्रादेशिक शाखामा न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिक रुपमा संचालन गर्न सकिने शाखा पनि आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले आग्रह छ ।
यस्तै, विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न भनिएको छ ।