हवाई उडान र अन्तर जिल्ला यातायात भदौ १ गतेदेखि नखाेल्न सीसीएमसीको सिफारिस

-



     सफल आवाज    
     श्रावण २५ गते २०७७ मा प्रकाशित



काठमाडौं,२५ साउन । भदौ १ गतेदेखि खुल्ने भनिएको अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान नखुल्ने भएको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले यसलाई १५ दिन पछि सार्न सिफारिस गरेको बताइएकाे छ ।सरकारले यसकाे आधिकारिक निर्णय गर्न भने बाकी छ ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनकाे अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि गर्ने निर्णय गरेको थियो ।

सीसीएमसीको बैठकले अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न समेत सिफारिस गरेको छ । 

बैठकले  अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।