
बुधबार सुनको मुल्य ६ हजार दुई सय रुपैयाँले घटेको छ । मंगलबार एक लाख १ हजार ६ सयमा कारोबार भएको सुन आज बुधबार ६ हजार दुई सयले घटेर ९५ हजार ४ सय कायम भएको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
त्यस्तै चाँदीको मुल्य पनि घटेर १२ सय १० रुपैयाँमा पुगेको बताइएको छ । सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा घटबढ भएर त्यसको असर नेपालमा देखिएको महासंघले बताएको छ ।