९५ करोडको शेयर काराेबार, नेप्से परिसूचक झिनाे अंकले सुधारियाे

-



     सफल आवाज    
     श्रावण २८ गते २०७७ मा प्रकाशित


काठमाडौं, २८ साउन । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचक साताको चौथो दिन आज (बुधबार) झिनो अंकले बढेको छ । आज नेप्से १ दशमलव ५१ अंकले बढेर १ हजार ४२५ दशमलव ३२ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज ९५ करोड १९ लाख ६० हजार २०८ को कारोबार भएको छ ।

कुल १ सय ८८ कम्पनीको कारोबार भएको बजारमा आज ९५ करोड १९ लाखको मात्रै सेयर किनबेच भए। दिनभरिमा २० हजार ७ सय १९ पटकको खरिदबिक्री हुँदा ३० लाख ३२ हजार कित्ता शेयर बिक्री भएको नेप्सेले जनाएको छ।

कुल १२ समूहको कारोबार भएकाेमा आज ६ समूहको हरियो र ६ समूहको कारोबार सूचक रातो देखिएको छ। आज सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्सको ६ करोड २० लाखको कारोबार भएको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७८ लाखको, एनआईसी एसिया बैंकको ३ करोड ८७ लाखको र अजोड इन्स्योरेन्सको ३ करोड २७ लाखको कारोबार भएको छ।