सौराहाका होटल दुई सातामै बन्द

-



     सफल आवाज    
     श्रावण २९ गते २०७७ मा प्रकाशित


फाइल तस्वीर


चितवन, २९ साउन:   चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् ।क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए । कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उनके गुनासो छ ।

सौराहामा ११० होटल रहेका छन् । यसैगरी साना ठूला १०० हाराहारी रेष्टुराँ छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।