अर्ब माथिकाे शेयर काराेबार, नेप्से परिसूचक भने घट्यो

-



     सफल आवाज    
     श्रावण २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ साउन । साताको अन्तिम दिन नेप्से १६ दशमलव ५३ अंक घटेर बन्द भएको छ। सेयर कारोबार सुरु भएदेखि घटेको सुचक अन्त्यसम्म घटेर बन्द भएको छ।

१ हजार ४ सय ३१ दशमलव ८९ विन्दुबाट सुरु भएको सुचक १ हजार ४ सय ७ विन्दुसम्म ओर्लिएको थियो। विहिवार कारोबार भएका १२ समुहको सुचकमा व्यापार समुहको सुचक बाहेक बाँकी सबै समुहको सुचक घटेपछि संमग्र नेप्से सुचक घट्न पुगेको हो। बैकिङ बीमा र लघुवित्तको सुचक १ प्रतिशत भन्दा बढीले घटेको छ।

कोरोना भाइरस बढेसँगै सेयर बजार घट्दै गएको छ। सुचक घटेपनि कारोबार रकम भने बढेको छ। कारोबार भएका १ सय ९१ कम्पनीको ३४ लाख ९ हजार ४ सय ६१ कित्ता सेयरको १ अर्ब ७ करोड ४३ लाख बराबरको कारोबार भएको छ।