कर्मचारीलाई कोरोना लागे उपचार बैंकले नै गर्नुपर्ने

-



     सफल आवाज    
     श्रावण २९ गते २०७७ मा प्रकाशित


काठमाडौं, २९ साउन। बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएमा सम्पूर्ण उपचार खर्च बैंकले नै गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमा संक्रमण देखिएमा सम्पूर्ण खर्च बेहोर्नु भनी जानकारी गराएको हो ।

राष्ट्र बैंकको यो सुचनापछि संक्रमित कर्मचारीलाई निजको घर, अस्पताल वा होटल जहाँ राखे पनि उसको सबै खर्च बैंकले नै गर्नुपर्नेछ ।

परिपत्र अनुसार संक्रमित कर्मचारी क्वारेनटाइन तथा आइसोलेसनमा रहेको अवधिभरको तलब तथा सेवा सुविधा समेत बैंकले दिनुपर्नेछ । आफनो इलाकाभन्दा बाहिर गएका कर्मचारीको पिसिआर गरेरमात्र कार्यालयमा बोलाउने र सोको खर्च पनि बैकले नै गर्नुपर्ने भनिएको छ ।

२ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्र राखेर सेवा दिन समेत राष्ट्र बैंकले भनिसकेको छ ।

नेपाल राष्ट्र बैकको परिपत्रको पूर्ण विवरण :