बैंकिङ क्षेत्रमा बढ्यो कोरोनाको जोखिम, धमाधम शिल हुँदै बैंकहरु

-



     सफल आवाज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित



काठमाडौं । ४ महिना लकडाउनको अवधिमा नदेखिएको जोखिम यतिबेला बैंकिङ क्षेत्रमा देखिएको छ । देशभर पूर्ण लकडाउन हुँदा पनि बैंकहरुले सेवा बन्द गरेनन् । सबै क्षेत्रहरु बन्द भए पनि बैंकहरुले सिमित कर्मचारीहरु राखेर भए पनि सेवा सुचारु नै राखे ।

उच्च सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि सोमबार एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमै कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण देखियो । त्यसपछि बैंकको केन्द्रीय कार्यालय नै सिल गरिएको अवस्था छ । एभरेष्टमात्रै होइन काठमाडौं उपत्यकाबाहिरका विभन्नि ठाउँहरुमा रहेका बैंकका शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा पनि संक्रमण देखिएको छ ।

एनआइशी एशिया बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धाथ बैक लगायतका बैंकहरुको उपत्यका बाहिरका शाखामा संक्रमण देखिएको छ । सबैभन्दा धेरै भने सिभिल बैंकमा संक्रमण देखिएको बुझिएको छ । यसले बैंकिङ क्षेत्र पनि उच्च जोखिममा रहेको देखाएको छ । बिहीबारमात्रै पनि बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बै‌‌क लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन्स बंैक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएको छ । १२० दिन लामो लकडाउनमा पनि सेवा शुचारु राखेका बैंकहरु जोखि बढेसँगै बन्द हुन थालेका छन् ।

यस अघि बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिए पछि राष्ट्र बैंकको बालुवाटारस्थित मुद्रा व्यवस्थापन विभाग शिल गरिएको थियो ।