सबैभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्दै राष्ट्रिय वाणिज्य बैंक

- ७ दशमलव २५ प्रतिशतमा घर कर्जा योजना

-



     सफल आवाज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित


अहिलेको बितिय बजारमा राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर सबैभन्दा सस्तो देखिएको छ । धेरै ग्राहकको मन जित्न सफल याे बैकले ग्राहकको सुबिधाका लागी ७‍.२५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेको छ । यो कर्जाबाट ग्राहकले घरजग्गा खरिद गर्न,घर निर्माण गर्न र अन्य बैंकबाट लिएको घरकर्जालाई स्वाप गर्ने सुविधा समेत पाउनेछन । २० बर्ष सम्मको भुक्तानी अवधी रहने यो घर कर्जा योजनामा १ करोड ५० लाख सम्मको कर्जा सिमा तोकिएको छ । सेवा सुल्क ०.२५ प्रतिशत मात्र लाग्नेछ । घर निर्माणको २ बर्ष ननाघेका ग्राहकले पनि यो योजनामा सहभागी हुन सक्ने सुबिधा रहेकाे राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रबन्धक ऋषीराम ढकालले बताए ।

ग्राहकको सुबिधाका लागी ल्याइएको ७.२५ प्रतिशतको यो ब्याजदर १ बर्ष सम्म हेरफेर नहुने पनि प्रबन्धक ढकालले स्पष्ट पारे । बैंकको आधारदर ५ दशमलव ९० प्रतिशत कायम भएकोले ब्याजदर पनि एकल विन्दुमा झरेको हो । बैंकले हाल ग्राहकको सुबिधालाई ध्यानमा रााखी आधारदरमा अधिकतम ३ दशमलव २५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराईरहेको छ ।

कोरोना महामारीले गर्दा कर्जाको माग कम भएको र निक्षेप रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको हो । कर्जाको माग बढ्दा लगानीयोग्य रकमको अभाव हुने र त्यो समयमा बैकलाई निक्षेप बढाउनुपर्ने दवाव पर्छ र स्वत ब्याजदर ब्याजदर बढछ । तर राष्ट्रिय वाणिज्य बैंकको जनशक्ति र कुशल व्यवस्थापनले बैंकको बितिय बजारमा सकारात्मक प्रभाब परेको बताइएको छ ।
राष्ट्रिय वाणिज्य बैंकमा छोटो समयमा नै ब्याजदर परिवर्तन गर्ने प्रचलन नरहेको पनि बैकले स्पष्ट पारेको छ ।

बैंकको हाल कर्जा पूँजी निक्षेप अनुपात ६३ प्रतिशत कायम भएको छ । यसले बैंकमा अझै लगानीयोग्य रकम प्रसस्त छ भन्ने जनाउछ । यसले कर्जाको ब्याजदरमा तत्काल हेरफेर नहुने देखाउछ । बैंकले हाल बचतमा ५ प्रतिशत सम्म ब्याज प्रदान गरेको छ । मुद्धती निक्षेपमा ७ दशमलव २५ प्रतिशत सम्म ब्याजदर रहेको बैकका गण्डकी प्रदेश प्रमुख ऋषीराम ढकालले बताए । साथै बैककाे अन्य कर्जाहरुमा पनि ९.३२ प्रतिशत भन्दा बढी ब्याज नरहेको बैकका गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रबन्धक ऋषीराम ढकालले बताए ।

कोरोनाले बजार सुस्ताएको यो समयमा सबै बैकको कर्जा लगानीको दर न्युन नै छ । बैकहरुबीचको सस्तो ब्याजदरको प्रतिष्पर्धाले ग्राहक एबं ब्यवसायीहरुले भने थोरै भए पनि राहत मिलेको अनुभति गरेका छन ।