सिन्धुपाल्चोकको लिदी गाउँको पहिरोमा पुरिएका थप २ को शव फेला

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित



सिन्धुपाल्चोक, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थित लिदी गाउँको पहिरोमा पुरिएका थप २ को शव फेला परेको छ । यो सहित मृत्यु हुनेको संख्या शनिबार विहानसम्म १३ पुगेको जिल्ला प्रसासन कार्यालय सिन्धुपाल्चोक स्रोतले जनाएको छ ।

लिदी गाउँको उक्त तामाङ वस्तीमा शुक्रबार बिहान ६ बजेतिर पहिरो गएको थियो । पहिरो गएको स्थानबाट शुक्रबार ११ जनाको शव निकालिएको र उनीहरुको सनाखत भइसकेको छ । थपकाे खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिइरहेको बताइएको छ ।

सभामुख अग्नि सापकोटा र गृहमन्त्री रामबहादुर थापाले शुक्रबार पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए भने पहिरोबाट पीडित भएका परिवारलाई राहत सामग्री वितरण समेत गरेका थिए।