एक महिनापछि बल्ल बस्ने भयाे नेकपा सचिवालय बैठक

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


काठमाडौ, ३२ साउन । नेकपाकाे सचिवालयको बैठक साेमबार बस्ने भएकाे छ।

पार्टीभित्रकाे विवाद अन्त्यका लागि गठित कार्यदल अनुमाेदन गर्न साेमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको एक सचिवालय सदस्यले जानकारी दिए । 

गत शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिको मस्यौदा बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएका थिए ।

कार्यदलमार्फत नै समस्या समाधान गर्ने भनिएकाले सचिवालय बैठकमा अन्य विषयले प्रवेश नपाउने बताइएकाे छ ।

झण्डै १ महिनापछि बैठक बस्न लागेकाे हाे । साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन।

त्यसबेलाकाे बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका थिए। साेकाे विषयमा प्रचण्डले विमति राख्दै अाएका छन् ।