नेप्से परिसूचक १७.३३ अंकले घट्यो

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३२ साउन । साताको पहिलो दिन शेयर बजार १७.३३ अंकले ओरालो लागेको छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १७.३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा कायम भयको छ ।

आज १८५ वटा कम्पनीको शेयर कारोबार हुँदा १२१ वटाको मूल्य घटेको छ भने ३३ वटाको बढेको छ । केही लघुवित्त र जलविद्युत कम्पनीको शेयर बढेपनि बैंक तथा वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै घटेका छन्। बाणिज्य बैंकहरुको सूचक १.६१ प्रतिशतले घटेको छ । सँगै लघुवित्तको सूचक पनि १.२३ प्रतिशतले घटेको छ। व्यापारको सुचकमा सुधार देखिए पनि बाँकी सूचकमा सामान्य गिरावट देखिन्छ।

सूचक घटे पनि करोबार रकम भने एक अर्ब २३ करोड रुपैयाँको भएको छ। आइतबार नेपाल बैंकको सबैभन्दा धेरै ८ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ।