लिवर्टी ईनर्जी कम्पनीको साधारण शेयर भोलिबाट बिक्री खुल्ला

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


काठमाडाै,२ भदाै । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि छुट्याएको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर भोलि भाद्र ३ गते बुधबारबाट बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सम्पूर्ण प्रक्रिया पुरा गरि भोलीबाट साधारण शेयर बिक्री खुल्ला गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक डा.आत्माराम घिमिरेले सफल आवाजलाई बताए ।

प्रबन्ध निर्देशक घिमिरेका अनुसार कम्पनीको शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २००,००० (दुई लाख) कित्ता सम्म दरखास्त दिन सकिने भएको छ । यसलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले २०७७ भदौ १ गते पत्र मार्फत स्वीकृती प्रदान गरिसकेको जनाइएको छ । साधारण शेयरको धितोपत्र निस्काशन तथा विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लि. रहेको छ ।

लिवर्टी ईनर्जीले प्रवद्र्धन गरेको यस माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको कुल अुनमानित लागत ४ अर्ब ६३ करोड ६० लाख पन्चानब्बे हजार नौ सय २१ रुपैयाँ रहेको छ ।
निमार्ण सम्पन्नको अन्तिम चरणमा पुगेको यो आयोजनाले आगामी ३ महिना भित्रमा विद्युत उत्पादन शुरु गर्ने तयारीमा रहेको प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बताए ।

कम्पनीले लगानीकर्तालाई अर्को आ.ब. भित्रमा नै मुनाफा दिन सक्ने समेत बताईरहेको अवस्थामा यो आयोजनामा लगानी गर्नेले छिट्टै नै प्रतिफल लिन सक्ने देखिन्छ ।कम्पनीका अुनसार यो शेयर निष्काशन अवद्यी भदौ ३ गतेबाट शुरु भई छिटोमा भाद्र ७ गतेसम्म र ढिलोमा भाद्र १७ गते सम्म रहनेछ ।

सर्वसाधारणको सेयर बजारप्रतिको चासो हेर्दा तोकिएको समय अगावै लिवर्टी ईनर्जी कम्पनीको साधारण शेयर बिक्री भइसक्ने कम्पनीले बिश्वास लिएको छ ।

थप जानकारीका लागी link : अपर दोर्दी ए जलविद्युत् आयोजनामा लगानी गर्नेले छिट्टै आकर्षक प्रतिफल पाउने छन्: घिमिरे