नेकपा कार्यदलले प्रतिवेदन बुझायो,अब केपी ओली पूरा कार्यकाल प्रधानमन्त्री हुने

-



     सफल आवाज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ भदौ, । सरकार स‌‌‍न्चालन गरिरहेकाे नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको ६ सदस्यीय उक्त कार्यदलले सर्वसम्मतिले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ४:४५ बजे अध्यक्षद्वयलाई बुझाएको बताइएकाे छ ।

स्रोतका अनुसार नेकपाकाे विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री के पि ओली पूरै कार्यकाल प्रधानमन्त्री रहनेगरी प्रतिवेदन बुझाएको छ। कार्यदलले पार्टीको कामको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाललाइ दिन सुझाव दिएको बताइएकाे छ।

साउन ३० गते गठित कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शंकर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे ।

तस्विर साभार : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाे फेसबुकबाट