एनएमबि बैंकमा गाभियो कञ्चन डेभलपमेन्ट बैंक, आजबाट एकीकृत काराेबार शुरु

-



     सफल आवाज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित



काठमाडौं,७ भदौं । एनएमबि बैंकले सुदुरपश्चिम प्रदेशको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि एकीकृत काराबार शुरु गरको छ । बैंकले आजबाट एनएमबि बैंक लिमिटेडको नामबाटै सेवा शुरूवात गरेको हो ।

यो प्राप्ति पछि बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुगेको छ । बैंकले अब १८६ शाखाहरु, ६ विस्तारित काउन्टर र १३५ एटीएमको सञ्जाल मार्फत ग्राहकहरुलाई बितिय सेवा प्रदान गर्ने जनाएको छ ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिइसकेका थिए । दुवै बैंकको असार २१ गते भर्चुअल माध्यमबाट सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

एनएमबि बैंकमा एफएमओ, कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ ।