काठमाडौंमा अत्यावश्यक पसल सञ्चालन पनि ९ बजेसम्ममात्रै

-



     सफल आवाज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, भदौ ८। काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो निर्णय भएको हो ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उनले भने, ‘अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय भएको छ ।’