बैंकमा भीड बढ्यो, थप शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

-



     सफल आवाज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, भदौं ८ । काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुमा भीड बढेको छ । बैंकका शाखा कार्यालयहरु सिमितमात्रै सञ्चालनमा आउदा अत्यधिक भीड बढेको हो । अहिले एक बैंक बराबर काठमाडौं, भक्तपुर र ललितपुरमा प्रधान कार्यालयसमेत गरेर जम्मा ४ वटा शाखामात्रै सञ्चालनमा रहेका छन् । थोरै शाखा खोल्दा भीड बढेको भन्दै नेपाल राष्ट्र बैंकले थप शाखा खोल्न निर्देशन दिएको हो ।

राष्ट्रले आइतबार बैंक शाखाहरू निरीक्षण गर्दा खोलिएका अधिकांश शाखामा भिडभाड देखिएपछि आवश्यकताअनुसार थप शाखा खोल्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले ५० जना कर्मचारीबाट आवश्यकताअनुसार कर्पोरेट अफिससहित शाखाहरु खोल्न भनेको छ ।

आइतबार खोलिएका बैंक शाखा निरीक्षण गर्दा भिडभाड देखिएपछि बैंकमा देखिएको भिडभाड कम गर्न थप शाखा खोल्न बैंकर्स संघलाई निर्देशन दिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।