कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुग्यो, एकैदिन थपिए ७४३ जना

-



     सफल आवाज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, भदौ ८ । देशभर कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ३२ हजार ६७८ संक्रमित पुगेको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।

१० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको हो । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।