शेयर बजार उचालियोः नेप्से २१ अंकले बढ्दा २ अर्ब माथिको कारोबार

-



     सफल आवाज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित


काठमाडौं, भदौं ८ । शेयर बजार हरियाली छाएको छ । सोमबार हाइड्रोपावर बाहेक सबै उपसमूह बढेर हरियाली देखिएको हो ।

सोमबार नेप्से परिसूचक १.५१ प्रतिशत अर्थात २१.२६ अंक बढेर १४३१.६० विन्दुमा पुगेको छ। नेप्से बढ्दा यस दिन कारोबार रकम भने २ अर्ब नाघेको छ। यस दिन १८२ कम्पनीहरुको २७ हजार ५६६ पटकको कारोबारमा २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको ४९ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

२ अर्बभन्दा बढीको कारोबार भएको बजारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक शेयर खरिदबिक्री भएको छ। यस दिन सो कम्पनीको २१ करोड ६० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी, यस दिन नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको १० करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ।