ग्रीन डेभलपमेण्ट वैंक आठौं वर्षमा प्रवेश

- वार्षिकोत्सवको अवसरमा आकस्मिक रक्तदान

-



     सफल आवाज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित



पाेखरा, भदाै‌ ९ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंक स्थापनाको सातौं वर्ष पार गरि आठौं वर्षमा प्रवेश गरेको छ । वैंकले वार्षिकोत्सवको उपलक्ष्यमा केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त आकस्मिक रक्तदान कार्यक्रममा १३ युनिट रगत स‌कलन भएकाे थियाे । रक्तदान कार्यक्रममा वोल्दै वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम र यसले निम्त्याएको विषम परिस्थितीमा भइरहेको रगतको अभावलाई कम गर्न वैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको वताए ।

प्रमुख कार्यकारी अधिकृत आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमा छरिएर रहेको पूँजीलाई एकिकृत गरि स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धीत तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं बताए ।

वैंकले वार्षिकोत्सवको अवसरमा वागलुङ स्थित हनुमान नाच संरक्षण परिषद् (राम मन्दीर)को संरक्षण तथा प्रवद्र्धनका लागि आर्थिक सहयोग समेत प्रदान गरेको छ । वैंकका संचालक कृष्णशंकर श्रेष्ठले सहयोगको चेक हस्तान्तरण गरेका छन । वागलुङ जिल्लामा स्थापना भई हाल गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरीसकेको यस वैंकले भविष्यमा प्रदेश स्तरको एक अग्रणी वैंक वन्ने लक्ष्य लिएको जनाएको छ ।

वैंकले हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १३ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम कार्ड, कनेक्ट आईपिएस जस्ता सुविधाका साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ भने निकट भविष्यमा नै तनहूँ जिल्लामा थप २ शाखा विस्तार गर्ने लक्ष्य लिएको वैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले सफल आवाजलाई बताए ।

बैककाे वार्षिकोत्सवको अवसरमा आयाेजित उक्त आकस्मिक रक्तदान कार्यक्रममा लायन्स क्लब अफ पाेखरा भद्रकालीको पनि सहभागिता रहेकाे क्लबका पुर्व अध्यक्ष भरत कोईरालाले जानकारी दिए । क्लबकाे साताब्यापीआकस्मिक रक्तदान कार्यक्रम अन्तरगत याे रक्तदान कार्यक्रममा समन्वय गरी सहभागिता जनाइएको क्लबका अध्यक्ष संयुक्त धाख्वाले बताए । लायन्स क्लब अफ पाेखरा भद्रकाली र समाधान मिडियाकाे संयुक्त आयाेजनामा भाेली बिहान नयाबजारमा आकस्मिक रक्तदान कार्यक्रम गर्ने तयारी रहेको बताइएको छ ।