
काठमाडौं, १७ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कुनैपनि तहको शैक्षिकसत्र खेर नजाने दावी गरेका छन् । उनले कार्यतालिका बनाएर पढाईको काम गरिने भएकोले शैक्षिक सत्रलाई खेर जान नदिने बताएका हुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आज आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा मन्त्री पोखरेलले कोरोनाको कारण पढाइ नभएको भएपनि पाठ्यभारलाई घटाएर पूर्वनिर्धारित समयमै शैक्षिकसत्र पूरा गर्ने लक्ष्य रहेको बताए ।
वैकल्पिक सिकाइको लागि सहजिकरण निर्देशिका परिमार्जन गर्दै सरकारअन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरिएको जानकारी दिए ।
प्नधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव गरेकोमा प्रधानमन्त्री केपि शर्मा ओली सकारात्मक रहेकाे उनले बताए । मन्त्री पोखरेलका अनुसार टेलिभिजनबाट बिहान माध्यामिक तह, दिउँसो आधारभूत तह र साँझमा विश्वविद्यालय तहको सिकाइको बन्दोवस्त मिलाईने भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बताए ।