नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड मुद्दति निक्षेपमा लगानी गर्दै

-



     सफल आवाज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ भदौं । नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार मुद्दति निक्षेपमा लगानी गर्ने बताएको छ ।

कोषले बिहीबार निकालेको सूचनामा उक्त रकम मुद्दति निक्षेपमा लगानी गर्न लागेको बताएको हो ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि २ वर्षसम्मको मुद्दति निक्षेपमा लगानी गर्न कोषले इच्छा व्यक्त गरेको हो ।

“बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको ब्याजदर र ब्याज भुक्तानी गर्ने समय तोकेर सिलबन्दी प्रस्ताव पठाउनु पर्नेछ”, कोषले भनेको छ ।

भदौ महिनाको २१ गते दिउँसो २ बजे सम्मको लागि सिलबन्दी प्रस्ताव पठाउने समयावधि तोकिएको छ ।