
काठमाडौं, १९ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । मन्त्रालयबाट बिदा भएर सिधै बालुवाटार पुगेका अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा बामदेव गौतमलाई पठाउने नेकपाले निर्णय गरेपछि उनले बाध्य भएर राजीनामा दिएका हुन् । सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था अनुसार फागुनमा पुनः मन्त्री नियुक्त भएका खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा आज बिदा भएका छन ।
मन्त्रालयबाट बिदाइ भइरहदा डा. खतिवडाले चूनौतीपूर्ण अवस्थामा महत्वपुर्ण मन्त्रालयकाे जिम्मेवारी सम्हालेको तर पनि सफल भएको प्रतिक्रिया दिएका छन् ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



