भदाै २५ गतेसम्म बैंकका सबै शाखा तथा काउन्टर खुला हुने

-



     सफल आवाज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले भदाै २५ गतेसम्मका लागि सबै शाखा तथा काउन्टर खोल्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले राजश्व तिर्न करदाताहरुलाई सहज होस भनेर यस्तो निर्देशन दिएको जानकारी दिएको छ ।

अहिले काठमाडौं उपत्यकासहितका देशभरका धेरै ठाउँमा बन्दाबन्दी कायमै छ । बन्दाबन्दी कायम भए पनि सरकारले राजश्व तिर्नका लागि भदौं २५ गतेसम्म समयसीमा दिएका कारण करदाताहरु कर तिर्न जाने भएकाले यस्तो निर्देशन गरिएको हो । तर सधैका लागि भने होइन । राष्ट्र बैंकका अनुसार यो निर्देशन भदौं २५ गते अर्थात आगामी बिहीबार सम्मका लागि हो ।

राष्ट्र बैंकको यो निर्देशनसँगै काठमाडौं उपत्यकाका सबै बैंकका शाखा कार्यालयहरु तथा विभिन्न कार्यालयहरुमा रहेका काउन्टरहरु समेत खुला हुने भएका छन् । काठमाडौं उपत्यकाबाहिर पनि राजश्व संकलन हुने ठाउँका सबै शाखा कार्यालयहरु खुला हुने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।