घर गाडीको कर्जा लिनेलाई ब्याजदर नबढाउन राष्ट्र बैंकको निर्देशन

-



     सफल आवाज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ भदाै । घर गाडीको कर्जा लिन चाहनेलाई ब्याजदर नबढाउन राष्ट्र बैंकले निर्देशन दिएकाे छ ।

नेपाल राष्ट्र बैंकले घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणको ब्याजदर स्थिर राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो ।

बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउने र बढाउने गर्दै आएका थिए ।

बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गरिन्छ । बेस रेट बढेसँगै बैंकहरुले तत्कालै ब्याजदर बढाउने गर्दथे ।

यो पनि हेर्नुहोस्