परासी, २५ भदौ । कोभिड–१९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा भारतबाट केराको आयात भने रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेका छन ।
स्थानीयस्तरमा उत्पादित केराले बजार पाउन छाडेपछि कृषक निराश छन । नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा रहेको छ । सवारीसाधन सञ्चालन नभएपछि नवलपरासी, बर्दघाट–सुस्ता पश्चिमका कृषकले उत्पादन गरेको केरा बजारसम्म सहज रुपमा ढुवानी तथा बिक्रीवितरण हुन नपाएको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए ।
पछिल्लो समय जिल्लामा केराको उत्पादन बढ्दो अवस्थामा छ । बिक्रीका लागि तयारी अवस्थामा रहेको केराले बजार पाउन नसकेपछि खेतमै पाकेर कुहिन थालेको उनले बताए । संघका अनुसार जिल्लामा वार्षिक रु दुई अर्ब बराबरको केरा उत्पादन हुने गरेको छ ।
पश्चिम नवलपरासीमा करीब दुई हजार ५०० बिघामा केराखेती हुने गरेको छ । दुई हजार कृषक केरा खेतीमा संलग्न छन । उत्पादित केरा स्थानीय बजारसहित कास्की, काठमाडौँ, चितवन, धादिङ, रुपन्देही लगायतका शहरमा पुग्ने गरेको छ । उखुको विकल्पमा केरा खेतीतर्फ आकर्षित कृषक लामो समयको लकडाउनको कारण बिक्री हुन छाडेपछि चिन्तामा छन ।
जिल्लामा सबैभन्दा धेरै केरा उत्पादन गर्दै आएका सुस्ता गाउँपालिका–५ का सञ्जय कोंहारले केरा बिक्री नभएर खेतमै कुहिन थालेको गुनासो गरे । एक्काइस बिघा क्षेत्रफलमा केरा खेती गरेको बताउँदै उनले भने, केरा खेतमै पाकेको छ, कहाँ लगेर बिक्री गरौँ, धेरै चिन्ता लागेको छ । कोरोना महामारीका कारण यस वर्ष मेरो रु ५० लाखको केरा नोक्सान हुने अवस्थामा छ, बजारको व्यवस्थापन गरिदिन उनले अनुरोध गरे ।
बजारसम्म सहज रुपमा केरा पुग्न नसक्दा कृषकले केराको उचित मूल्य पाउन सकेका छैनन । थोकमा प्रतिदर्जन रु ४५ मा बिक्री हुने गरेको केराको मूल्य घटेर अहिले रु ३० मा पुगेको उनले बताए । वार्षिक २१ लाख जग्गा भाडामा लिएर व्यावसायिक रुपमा केराखेती गरेका कोंहारको खेतमा ४५ हजार केराका बोट छन ।
बजारको व्यवस्थापन समयमै र सहज रुपमा हुन सके केरा खेतीबाट लगानीको झण्डै दोब्बर आम्दानी हुने कृषक बताउँछन । कृषक कोंहार केरा खेतीबाट वार्षिक रु ४५ लाखसम्म नाफा हुने गरेको बताउँछन् । तर यस वर्ष लागत उठाउन पनि मुश्किल परेको उनकाे भनाइ छ ।रासस






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



