आइएमई लाइफले दियो बीमा दावी भुक्तानी

-



     सफल आवाज    
     भाद्र २५ गते २०७७ मा प्रकाशित



धरान, २५ भदौं । आइएमइ लाइफ इन्स्योरेंस कम्पनी लिमिटेडले आज धरान शाखा कार्यालयमा मृत्यु दाबि भुक्तानीको कार्यक्रम सम्पन्न गरि दुर्घटनाबाट मृत्यु भएका बीमित स्व. दिपक मगरका आफन्तलाइ मृत्यु दाबि भुक्तानी बापतको रकमको चेक हस्तान्तरण गरेको छ ।

यस कम्पनिमा मिति २०७४ /०६/०४ गतेका दिन दस लाख रुपया बीमाङ्गको बीमा गरेका बीमित मृतक दिपक मगरको २०७७/०४/१८ गते आइतबार सुनसरी को इनरुवामा मोटरसाइकल दुर्घटनामा परि उपचार गर्ने क्रममा धरानको बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएकोले कम्पनीले बीमा बापतको बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ र बोनस रकम सहित एकमुस्ट बीस लाख साठी हजार रकम मृतककी श्रीमती संगीता राई मगरलाई कम्पनीका प्रदेश नं. एक प्रमुख श्री कर्म राज पौडेलले प्रधान गर्नु भएको हो।

उक्त कार्यक्रम कम्पनिको धरान शाखामा कम्पनिका एजेन्सी मेनेजर तथा अभिकर्ताहरु साथै मृतकका आफन्तहरु उपस्थितिका बीच धरान शाखा कार्यालयका प्रमुख तथा कोशी क्षेत्रका सहायक प्रदेश प्रमुख ओम प्रकाश राईले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो।