
काठमाडौं, २९ भदौ । कोरोना बीमा दावी भुक्तानीमा देखिएको बिवाद समाधान भएको छ । निजी ल्याबमा गरिएको कोरोना परिक्षणको रिपोर्ट मान्य नहुने भनी इन्स्याेरेन्स कम्पनीकाे दबाबमा बीमा समितिले सुचना जारी गरेपछि यसकाे सबर्त्र बिराेध भएको थियो ।
बजारमा चर्काे बिराेध भएपछि बीमा समितिले मापदण्ड नै संशोधन गरेर निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दावी भुक्तानी पाउने व्यवस्था गरेकाे छ ।
बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संसोधन गर्दै निजी ल्याबहरुको रिपोर्टलाई पनि मान्यता दिने व्यवस्था गरेपछि हाललाइ यो बिवाद समाधान भएको छ ।
कोरोना बीमा मापदण्ड संशोधन भएपनि निजी ल्याबमा परिक्षण गरिएको पीसीआर रिपोर्ट बीमा कम्पनीमा संक्रमितले पेश गरेपछि रिपोर्टमा शंका लागेमा पुनः अर्को ल्याबमा कोरोना परिक्षण गराउन सक्ने प्रावधान भने राखिएको छ ।







काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



