खुल्ने भयो लामो दूरीका यातायात र आन्तरिक उडान

-



     सफल आवाज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ भदौं । सरकारले लामो दूरीका यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । सरकारले असोज ५ गतेदेखि लागू हुने गरी लामो दूरीका यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकासहित ४० भन्दा धेरै जिल्लामा अहिले पनि आंशिक रुपमा बन्दाबन्दी कायमै रहेको छ । तर सधै बन्द गर्न नहुने भन्दै यातायात व्यवसायीहरुले माग गर्दै आएका थिए । सरकारले खोल्ने निर्णय नगरे पनि असोज १ गतेबाट आफै यातायात खुला गर्ने व्यवसायीहरुले एकतर्फी निर्णय गरेका थिए ।

त्यसपछि सोमबार साझ बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको हो ।