नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलामीमा

- शेयर मूल्य प्रतिकित्ता ३३१३, बोलकबोलको न्युनतम् मूल्य २३००

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० भदौ । प्रिमियर इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी गर्ने भएको छ ।

प्रिमियरले प्रतिकित्ता न्यूनतम मूल्य २ हजार ३०० रुपैयाँ भाउ तोकेर सेयर बोलकबोलका माध्यमबाट बिक्री खुला गरेको हो । सेयर खरिद गर्न इच्छुक बैंक, वित्तीय संस्था र बिमा कम्पनीहरुले असोज ४ गतेसम्म बोलपत्र पेश गरिसक्नुपर्ने बताइएकाे छ ।

बोलपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय सेन्ट्रल प्लाजा, नक्साल र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय, नारायणचौर, नक्सालबाट बुझाउन सकिनेछ ।

इच्छुक र आवेदन योग्य संस्थाले न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने गरी अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने प्रिमियर इन्सुरेन्सले जनाएकाे छ ।