
काठमाडौं, ३० भदौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले निजी क्षेत्रलाई बचाउन माग गर्दै आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ८ बुँदे ज्ञापन पत्र बुझाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई संवोधन गरिएको ज्ञापनमा पत्रमा महासंघले निजी क्षेत्रलाई बचाउ भन्दै ८ बुँदे ज्ञापन पत्र बुझाएको हाे ।
ज्ञापन पत्रमा कोरोनाबाट सुरक्षित रहन आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग, व्यापार, व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनु पर्ने माग गरिएको छ । लकडाउन, निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट हुनुपर्ने माग गरिएकाे छ । सोहि अवधिको व्यापार व्यवसाय, औद्योगिक क्षेत्रको घरभाडामा सरकारी स्तरबाट उचित राहतको ब्यवस्थापन हुनुपर्ने र भाडादर वैज्ञाकि हुनुपर्ने माग गरिएको छ ।
मासिक भ्याट तथा अन्य कर तिर्ने समय थपेर बिलम्ब शुल्क, जरिवाना छुट हुनुपर्ने, उद्योग र व्यवसाय बचाउनका लागि बिनाधितो ५ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्न माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।
केरुङ नाकामा १० महिनादेखि रोकिएर रहेका माल सामानका कन्टेनरहरु छुटाउन तुरुन्त कुटनीतिक पहल गर्नुपर्ने जनाईएको छ । नाकामा आवत जावतका लागि व्यवसायी र चालकलाई सहज पासको व्यवस्था र नाकामा रहेको सिण्डिकेटलाई अन्त्य गर्न माग गरिएको छ ।
मौद्रिक नीतिमा भएको पुर्नकर्जा उद्योगीहरुले मात्रै पाउने व्यवस्था सहज बनाई व्यापार व्यवसायहरुलाई पनि दिनुपर्ने महासंघको ज्ञापन पत्रमा उल्लेख छ । कोरोनाको कारण शिथिल भएका उद्योगी व्यवसायीका समस्या समाधान गर्न निजी क्षेत्र र सरकारी स्तरको समन्वय समिति बनाउनु पर्ने अध्यक्ष नरेश कटुवालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा जनाईएको छ ।
स्मरण रहोस्, नेपाल राष्ट्रिय व्यवसायी महासंघ देशभर छरिएर रहेका उद्योगी, व्यवसायी तथा काठमाडौं उपत्यकामा रहेका २२ वटा संघ आवद्ध निजी क्षेत्रको ठूलाे संस्था हो ।








काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



