
पाेखरा, ३० भदाै । पोखरा चिप्लेढुङ्गाको सेलवेज टावरले आफना व्यवसायीहरुलाई भाडामा ५० प्रतिशतसम्मको छुट दिने भएको छ । सेलवेज इन्भेष्टमेन्ट एण्ड लिजिङ प्रालिद्धारा संचालित उक्त भवनमा व्यवसाय गर्ने व्यवसायीहरुलाई कंपनीले यो घरभाडा छुटको घोषणा गरेको हो ।
कम्पनीका अध्यक्ष सुशीलमान प्रधानाङ्गका अनुसार ब्यवसायीले २०७६ चैत्रदेखि २०७७असोजसम्म ७ महिनाको भाडामा ५० प्रतिशत छुट पाउने छन् । त्यस्तै कातिकदेखि फागुन २०७७ सम्म ५ महिनाको भाडामा ४० प्रतिशत छुट प्रदान गरिने अध्यक्ष प्राधानाङ्गले घोषणा गरेका हुन् ।
कोभिड १९ कारण विभिन्न चरणमा भएको लकडाउन तथा निषेधाज्ञाले व्यवसायीलाई परेको असरलाई मनन गर्दै सबै व्यवसाय चलायमान रहुन् भन्ने हेतुले यो घरभाडा छुटको व्यवस्था मिलाएको अध्यक्ष प्राधानाङ्गले सफल आवाजलाई बताए ।
सेलवेज टावरमा विभिन्न व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका थिए । अण्डरग्राउण्डमा विग बजार, भुईतल्ला र दोस्रो तल्लामा विभिन्न फेन्सि कष्मेटिक तथा कपडाका पसल, तेस्रो तल्लामा सिद्धार्थ बैंक, चौंथो तल्लामा एक्सिस एनिमेशन, पाँचौ तल्लामा कंगारु एजुकेशन फाउन्डेशन र छैंटाैं तलामा क्लाउड नाइन रेष्टुरेण्ट रहेका छन् ।
कर्पोरेट कम्पनी सेलवेज इन्भेष्टमेन्टकाे यो छुटको घोषणापछि सेलवेज टावरमा रहेका व्यवसायीहरु उत्साहित देखिएका छन् । एक वर्षकै भाडामा ५० प्रतिशत सम्मको छुट दिने सेलवेज टावर सम्भवत नेपालकै पहिलो कम्पनी भएको छ ।
पोखराको स्थापित ब्यावसायिक घराना सेलवेजले हाल नेपालका विभिन्न स्थानमा डिर्पाटमेन्टल स्टोर संचालन गरिरहेको छ । पोखराबाट सुरु भएको सेलवेज हाल काठमाडौमा सेल्सबेरीका नामले चर्चित छ । सेलवेज र सेल्सबेरीका २ दर्जन आउटलेट संचालित छन् ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



