खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

- मन्त्री सरहकाे सुविधा पाउने

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



काठमाडौँ, ३० भदौ । पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका बिश्वासपात्र मानिएका डा खतिवडा आर्थिक सल्लाहकारका रुपमा पुन अर्थ मन्त्रालय छिर्ने भएका हुन ।

हिजाे भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठककाे निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्री सरहकाे सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिएका थिए ।

संवैधानिक व्यवस्थाअनुसार उनको अर्थमन्त्रीकाे पदावधि यही भदौ २० गतेदेखि सकिएको थियो ।

पुर्व अर्थमन्त्रीकाे आर्थिक सल्लाहकारका रुपमा अर्थ मन्त्रालयमा भएकाे खतिवडाकाे याे प्रबेशलाइ निकै महत्वका साथ हेरिएकाे छ ।