प्राधिकरणमा कुलमानको पुन नियुक्तिकाे सम्भावना कम, कोइरालाले पाए निमित्त

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ति हुने सुम्भावना कम देखिएको छ । दोस्रो कार्यकालका लागि घिसिङलाई नै नियुक्त गर्न प्रधानमन्त्री अनिच्छुक देखिएका छन् । प्रधानमन्त्रीले अनिच्छा देखाएपछि ऊर्जा जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले खुला प्रतिष्पर्धाबाट कार्यकारी निर्देशक छनोटको तयारी शुरु गरेको मन्त्रालय निकट श्रोत बताउछ ।

उता कुलमानको कार्यकाल सकिएको दुई दिन पछि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाइ तोकिएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन् ।

निमित्तका लागि प्राधिकरणकै १२ तहका रहेका हितेन्द्रदेव शाक्य समेत लाइनमा थिए । प्रधानमन्त्रीले उनलाई कार्यकारी निर्देशक बनाउन सक्ने सम्भावना समेत रहेको छ ।