सुनको मूल्य घट्यो

-



     सफल आवाज    
     असाेज १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ असोज । बिहीबार सुनको मुल्य ९०० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको हो ।