नेप्से परिसूचक ३०.७८ अङ्कले बढ्यो, ३ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     असाेज १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ असोज । साताको अन्तिम दिन बिहीबार नेप्से ३०.७८ अंकले बढेको छ । आज नेप्से परिसूचक ३०. ७८ अंकले बढेर १ हजार ५७२ दशमलव १८ विन्दुमा कायम भएको हाे ।

नेप्सेका अनुसार आज ३ अर्ब ७२ करोड ७२ लाख बढीको कारोबार भएको छ । आज नेप्सेमा नन लाइफ इन्स्योरेन्सबाहेक अन्य सबै सूचकहरुमा वृद्धि भएको छ ।