नेप्से परिसूचक ३.६३ अंकले घट्यो, साढे २ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     असाेज १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ असोज । साताको दोस्रो दिन नेप्से ३.६३ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ३.६३ अंकले घटेर १ हजार ५८२ दशमलव १२ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज २ अर्ब ५७ करोड ८६ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ५ वटा समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।