
सुर्खेत, २७ असोज । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा १२३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आठ जना गरी १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका नवराज कँडेलले जानकारी दिए ।
कोरोना सङ्क्रमण हुनेहरुमा सुर्खेतका १०७, कालिकोटका ६, जुम्लाका ५, दैलेखका ३, हुम्लाका २ र अन्य प्रदेशका ८ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए ।
आज १३१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमितहरुको कुल सङ्ख्या चार हजार ६५१ पुगेको छ। पछिल्लो २४ घण्टामा ७९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।
आज ७९ जनाले कोरोना जितेसँगै अब कर्णालीमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५३१ पुगेको छ । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



