पोखरा, २८ असोज । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । नगरपालिकाका तर्फबाट विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध स्वास्थ्य सचेना अपनाउन आग्रह समेत गरिएको छ । नगर प्रमुख शिवकुमार गिरीका अनुसार खाद्यान्न र औषधी पसल बाहेकका बजार क्षेत्रका सबै पसल, वडा कार्यालयमा सेवा बन्द गरिएको छ ।
नगरका ३९ जनाको पीसीआर जाँच गरिएकोमा १४ जना कोरोना संक्रमित बनेका हुन् । संक्रमितमध्ये १० पुरुष र ४ महिला हुन् । तीमध्ये १३ जनाको हेलुस्थित कालिका सामुदायिक अस्पताल र एक जनाको पोखरामा उपचार भइरहेको छ । साथै उनीहरुको सम्पर्कमा आएकाहरुको समेत स्वाब संकलन गरी जाँच गरिने तयारी भएको नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमित हुनेहरु चापाकोटमा केही दिन पहिले भएको आँखा शिविरमा सहभागी भएका थिए । बीएम फाउण्डेसन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डेसन फाउण्डेशनले त्यहाँ एक दिने आँखा शिविर गरेको थियो । शिविरमा उपस्थित चिकित्सक र आयोजकमा समेत कोरोना पुष्टि भएको थियो । यसरी नगरले चापाकोट नगरपालिकामा कोरोना संक्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाएको हो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



