
पोखरा, २८ असोज। पोखरा महानगरपालिका वडा नंं ३१ निवासी मुटुरोगी कर्णबहादुर दुरालाई सहयोग गर्न शुरु गरिएको दुराकान्छा बचाउन अभियानले बुधबार एक कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरेको छ ।
स्थानीय युवा महेश पौडेलको संयोजकत्वमा गठित दुरा कान्छा बचाउ अभियानले संकलन गरेको चार लाख ५२ हजार रुपैया दुरालाई हस्तान्तरण गरिएको हो । नेपाल सरकारका पूर्ब कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञवहादुर थापाले सहयोग रकम हस्तान्तरण गर्दै, स्वास्थ्यमा नागरिकको सहज पहुँच नहुँदा विपन्न नागरिकलाई बाँच्न गाह्रो भएको बताए ।
आर्थिक हिसाबले विपन्न अवस्थामा रहेका नागरिकको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने अवस्था नआएसम्म यस्ता अभियानले धेरै नागरिकलाई पुर्नजीवन दिने उल्लेख गरे । थापाले यस्तो अभियान एक दुई जनाबाट मात्रै नहुने भन्दै, युवाहरुको एकताले धेरै कुरा संभव बनाएको बताए ।
कार्यक्रममा नेपाली काग्रेस कास्कीका सचिव सुदिप मोहन भट्टराईले सामाजिक अभियानमा राजनितिभन्दा माथि उठेर सवैले सहयोग गर्न सके कठिन परिस्थितिमा रहेका धेरै नागरिकलाई बचाउन सकिने उल्लेख गरे ।
काग्रेसका स्थानीय नेता राजेन्द्रमणि लामिछाने र ढकनाथ कडेलले दुरा कान्छा बचाउन अभियानले जुटाएको सहयोगको प्रशंसा गरे । अभियानका संयोजक महेश पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा स्थानीय ध्रुव अधिकारी, नवराज ओझा लगायतले अभियानका बारेमा बोलेका थिए ।
संयोजक पौडेलले रकम हस्तान्तरणपछि औपचारिक रुपमा अभियानको समापन भएको घोषणा गरेका थिए । उनले अभियानमा सहयोग गर्नेहरुलाई धन्यवाद दिएका थिए । बिगत एकबर्ष देखी मुटुरोगबाट पिडित दुराको शहिद गंगालाल हृदय रोग केन्द्र काठमाण्डौमा शल्यक्रियाको तयारी भईरहेको अभियानका संयाेजक महेश पौडेलले बताए ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



