कोरोना बिमा गरेका व्यक्ति संक्रमण भए परीक्षण र उपचार खर्च आफैले व्यहोर्नुपर्ने

-



     सफल आवाज    
     असाेज २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च स्वयंले नै व्यहोर्नु पर्ने स्पष्ट पारेको छ ।

मन्त्रालयले कोरोना संक्रमण परीक्षणसम्बन्धी बनेको नेशनल टेष्टिङ गाइडलाइनको पाँचौ संशोधन गर्दै सो कुरा स्पष्ट पारेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने जानकारी दिए ।

सरकारको निःशुल्क परीक्षण र उपचार मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट नै व्यहोर्ने जनाएको छ ।