काठमाडौं सोह्रखुट्टेमा भएकाे ग्यास सिलिण्डर विस्फोटमा म्याग्दी निवासी चन्द्र केसी सहित ११ घाइते

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



काठमाडाै‌‌, २९ असाे‍ज । काठमाडौँको सोह्रखुट्टे, नयाँबजार स्थित फलफूल चोकमा आज ग्यास सिलिण्डर विस्फोटमा परेर ११ जना घाइते भएका प्रहरीले बताएकाे छ । उक्त घटनामा केहि भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए ।

घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्फोटपछि आगलागीसमेत भएको जनाइएको छ । दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो ।

घाइते चन्द्र केसी

ग्यास सिलिण्डर विस्फोटका अर्का घाइते चन्द्र केसीकाे चिरायु अस्पतालमा उपचार भइरहेकाे छ । लायन्सका सक्रिय लिडर समेत रहेका म्याग्दी निवासी समाजसेवी तथा व्यवसायी केसीको एउटा खुट्टा भाचिएकाे छ । उनी खतरामुक्त रहेकाे जानकारी प्राप्त भएकाे छ ।

निलकुमारी क्षेत्रीको घरमा विस्फोट भएको हो । उनका श्रीमानको हिजो निधन भएको थियो । परिवार किरियामा बसेका बेलामा विस्फोट हाे ।चारतले घरको दोस्रो तलामा ग्यास चुहिएर विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । फाेटाे:श्रीजना घिमिरेकाे ट्वीटरबाट