शिवम् सिमेन्ट्सले लाभांस वितरण गर्ने

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ असोज । शिवम् सिमेन्ट्स लिमिटेडको सञ्चालक समितिको ८० औं बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकमबाट शेयरधनीहरुलाई लाभांस वितरण गर्ने भएको छ ।

बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकम समेतबाट कम्पनीका शेयरधनीहरुलाई प्रति शेयर २४.२१ प्रतिशतका दरले हुन आउने कुल रकम १ अर्ब ६ करोड ५२ लाख चालिस हजार रुपैयाँ नगद लाभांस वितरण गरिने भएकाे हाे ।

आगामी वर्ष साधारण सभाबाट पारित भएपछि वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन् ।