पहिलो पटक रक्तदान गर्दै जन्मदिन मनाइन ज्योत्स्नाले

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



पाेखरा, २ कात्तिक । पाेखरा ३ की ज्योत्स्ना उदासले जन्मदिनको अवसरमा पहिलो पटक रक्तदान गरेर जन्मदिन मनाएकी छन । ९९ बर्षका हजुरबुबा दूधमान उदास र हजुरआमा सन्तमाया उदासको अभिभावकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे ।

रक्त सँञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा आफन्तजन र साथीहरू गरी १५ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरू प्रकाशमान उदास, ज्योति उदास , ज्योत्स्ना उदास , सुभेच्छा तुलाधर , शान्ति उदास , अमृत पालक , सबनम पालक , सोनम पालक , एलिसा श्रेष्ठ, शरण शाक्य, रीता उदास, मिखा पालिखे, आयुष उदास, प्रशन्न कायस्थ, आदेश गुरूङले रक्तदान गरेका थिए ।

पहिलो पटक रक्तदान गर्नुहुने रक्तदाताहरूलाई विशेष प्रोत्साहित गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सुर्यप्रसाद ढकालले यस किसिमकाे उदाहरणीय मानवीय कार्यको सह्राहना गर्दै ज्योत्स्ना उदासलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

गण्डकी अटो मेकानिकल वर्क्स कास्कीका अध्यक्ष सानुमान जलारीले कार्यक्रममा विशेष सहभागिता जनाउँदै पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरूलाई प्रोत्साहित गरेका थिए ।प्राविधिक सहयोगी रक्त संचार केन्द्र र रक्तदाताहरूलाई ज्योत्सना उदास आफैले श्रृजना गरेको तस्वीर र कप उपहार प्रदान गरेकी थिइन ।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने रक्तसंचार केन्द्र कास्की , नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशका सभापति सुर्य प्रसाद ढकाल , गण्डकी अटो मेकानिकल वर्क्सका अध्यक्ष सानुमान जलारी , सम्पूर्ण रक्तदाता लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णलाइ अभिभावक प्रकाश उदासले धन्यवाद ज्ञापन गरेका थिए ।