मन्त्री नेम्बाङलाई कोरोना संक्रमण पुष्टि

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री नेम्बाङले सोमबार आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन ।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्दै सुरक्षित रहन अनुराेध गरेका छन् ।